Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

दैनिकी न्यूज

८, बैशाख २०८३
सुनको भाउ बढ्यो
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले वृद्धि भई ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार सुन तोलामा २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको भाउ भने आज घटेको छ।

महासंघका अनुसार चाँदी तोलामा ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको भाउ तोलामा ५ हजार १९० रुपैयाँ रहेको थियो। सुनको भाउ बढ्दा लगानीकर्तामा चासो बढेको देखिएको छ भने चाँदीमा सामान्य गिरावट आएको छ।

images
प्रकाशित मिति :बैशाख ८, २०८३ मंगलवार - ११:५१:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology