Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

८, भाद्र २०८२
सुनचाँदीको भाउ बढ्यो
images

काठमाडौं । आज पनि सुनचाँदीको भाउ बढेको छ। सुनको भाउ आज तोलामा दुई हजार तीनसय रुपैयाँ बढेको हो।

यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा चारसय रुपैयाँ बढेको थियो। गएको बिहीबार पनि सुनको मूल्य तोलाको एक हजार तीनसय रुपैयाँ बढेको थियो। चार दिनमा सुनको मूल्य तोलामा चार हजार एकसय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ९७ हजार पाँचयस रुपैयाँमा किनबेच भइरहेको छ।

गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ९५ हजार दुईसय रुपैयाँ थियो।

गएको बुधबार तोलामा एक हजार ६ यस रुपैयाँ घटेर सुनको भाउ एक लाख ९३ हजार पाँचसय रुपैयाँमा झरेको थियो।

गएको साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको भाउ प्रतितोला ४० रुपैयाँ बढेर दुई हजार तीनसय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

images
प्रकाशित मिति :भाद्र ८, २०८२ आइतवार - ११:०६:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology