काठमाडौं । सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा पुगेको छ । हिजो मंगलबार सुन तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो। सुन एक दिनमै ५ हजार महँगो भएको हो। सोमबार पनि सुन मंगलबारकै भाउमा किनबेच भएको थियो। आइतबार भने सुनको भाउ प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ थियो। त्यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो। गत वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।
यसैबीच आज चाँदीको मूल्य पनि केही बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार चाँदी तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो।