Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ १४ सयले बढ्यो

सुनको भाउ १४ सयले बढ्यो

दैनिकी न्यूज

२०, फाल्गुण २०८१
सुनको भाउ १४ सयले बढ्यो
images

काठमाडौं । तीन दिन देखि स्थिर रहेको सुनको भाउ आज बढेको छ । मंगलबार सुनको भाउ १ हजार ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ६८ हजार १ सय मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०८१ मंगलवार - १०:५७:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology