काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ। आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार सुन एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।