Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउले बनायो नयाँ रेकर्ड

सुनको भाउले बनायो नयाँ रेकर्ड

दैनिकी न्यूज

१३, भाद्र २०८१
सुनको भाउले बनायो नयाँ रेकर्ड
images

काठमाडौं । घरेलु बजारमा आज (बिहीबार) पनि पहेंलो धातु सुनको भाउ बढेको छ । यो दिन छापावाला सुनको भाउ अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको यो भाउ हालसम्मकै उच्च हो ।

अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरी, यो दिन चाँदीको मूल्य भने घटेको छ । यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको १ हजार ८५५ रुपैयाँ कायम थियो ।

images
प्रकाशित मिति :भाद्र १३, २०८१ बिहिवार - १२:३०:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology