Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउले राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउले राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२२, जेठ २०८१
सुनको भाउले राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (मंगलबार) सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, आज तेजावी सुन पनि १ हजार ७ सय रुपैयाँले नै बढेको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो दिन चाँदीको भाउ भने २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - १०:४०:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology