काठमाडौं । आज (आइतबार) सुनको भाउ इतिहासकै उच्च भएको छ । शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको भाउ ५ रुपैयाँले बढेको छ। यस दिन चाँदि प्रतितोला १ हजार १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ८ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ १ लाख ७ हजार ५१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ६४.५० रुपैयाँ तोकेको छ।