Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ ह्वात्तै बढेर बनायो नयाँ रेकर्ड

सुनको भाउ ह्वात्तै बढेर बनायो नयाँ रेकर्ड

दैनिकी न्यूज

२२, फाल्गुण २०८०
सुनको भाउ ह्वात्तै बढेर बनायो नयाँ रेकर्ड
images

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको भाउ प्रतितोला २ हजारले वृद्धि भएको हो ।

आज छापावाला सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख २२ हजार ४०० रुपैयाँ पुगेको छ, जुन हालसम्मको उच्च भाउको कारोबार हो ।

यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता भाउ केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेर कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । चाँदीको भाउ प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भईहरको छ ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०८० मंगलवार - १०:५४:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology