Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

९, फाल्गुण २०८०
सुनचाँदीको भाउ बढ्यो
images

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको भाउ बढेको छ । महासंघले हिजो (मंगलबार) को तुलनामा सुनको भाउ तोलामा ४०० र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको भाउ तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको भाउ तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको भाउ तोलामा १ लाख १८ हजार र तेजाबी सुनको भाउ तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको भाउ तोलामा १४ सय १५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - १०:५८:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology