काठमाण्डौ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितेला ६ सयले बढेको हो ।
आज छापावाला सुनको मूल्य प्रतितेला १ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १६ हजार ५५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन छापावाला सुनको भाउ प्रतितेला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँ थियो ।
आज चाँदीका भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । चाँदीको भाउ प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भईरहेको छ ।