काठमाडौं । आज (बिहिबार) सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १९ हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।