Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घट्यो सुन र चाँदीको भाउ

घट्यो सुन र चाँदीको भाउ

दैनिकी न्यूज

१८, पौष २०८०
घट्यो सुन र चाँदीको भाउ
images

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा २०० रुपैयाँ घटेको हो ।

यो दिन छापावला सुनको भाउ प्रतितोला १ लाख २० हजार ८०० मा कारोबार भइरहेको छ । मंगलबार भने प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै यो दिन चाँदीको भाउ पनि घटेको छ । यो दिन चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :पौष १८, २०८० बुधवार - १५:२८:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology