Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ स्थिर

सोमबार सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

१६, पौष २०८०
सोमबार सुनचाँदीको भाउ स्थिर
images

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) सुनचाँदीको भाउ स्थिर रहेको जनाएको छ । महासंघले आजको बजार भाउ तय गर्दै सुनचाँदीकै कारोबार भाउ स्थिर कायम भएको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको भाउ तोलामा १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही भाउमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि स्थिर कायम छ । महासंघले आज तोलामा १४ सय ५५ रुपैयाँ कायम हुँदै चाँदीको कारोबार सुरु भएको जानकारी दिएको छ । हिजो आइतबार पनि यही भाउमा चाँदीको कारोबार भएको थियो ।

images
प्रकाशित मिति :पौष १६, २०८० सोमवार - ११:२४:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology