Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बैंक र बीमा कम्पनीले एकैदिन तिरे ११ अर्ब कर

बैंक र बीमा कम्पनीले एकैदिन तिरे ११ अर्ब कर

दैनिकी न्यूज

३०, मंसिर २०८०
बैंक र बीमा कम्पनीले एकैदिन तिरे ११ अर्ब कर
images

काठमाडौं । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले हिजो (शुक्रबार) एकैदिन ११ अर्बभन्दा धेरै कर तिरेका छन् । आन्तरिक राजस्व विभागका अनुसार शुक्रबार झण्डै ३० वटा कम्पनीले कर तिरेका छन् ।

सर्वोच्च अदालतले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको आयमा कर लाग्ने फैसला गरे बमोजिम बैंक र बीमा कम्पनीहरूले कर तिरेका हुन् । यसअघि आर्थिक ऐनमा भएको व्यवस्था बदर गर्न माग गर्दै बैंक तथा बीमा कम्पनीहरूले दायर गरेको रिट सर्वोच्चको संवैधानिक इजलासले खारेज गरेको थियो ।

मङ्सिर मसान्त अर्थात् आज (शनिबार) सम्म कर तिरेमा करमा लाग्ने जरिबाना र ब्याज शुल्क मिनाहा हुने व्यवस्था छ । यसैअनुसार आज पनि कर कार्यालयहरू र राजस्व सङ्कलन गर्ने काउन्टर खुला रहनेछन् ।

images
प्रकाशित मिति :मंसिर ३०, २०८० शनिवार - १०:४४:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology