काठमाडौं । नेपाली बजारमा सुनको भाउ शुक्रबार पनि बढेको छ ।
यो दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा २०० रुपैयाँँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसैगरी, यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँ कायम रहेको छ । त्यस्तै यो दिन चाँदीको मूल्य भने स्थिर छ ।
चाँदीको भाउ यो दिन प्रतितोला १४ सय ६० रुपैयाँ कायम छ ।