Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुन र चाँदीको भाउ बढ्यो

मंगलबार सुन र चाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

५, मंसिर २०८०
मंगलबार सुन र चाँदीको भाउ बढ्यो
images

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउ बढेको छ । यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो । अघिल्लो कारोबार दिन (सोमबार) छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन मंगलबार छापावाला सुनको भाउ तोलामा १ लाख १६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो (सोमबार) कारोबार दिनभन्दा यो दिन ५ रुपैयाँले बढेको हो ।

images
प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - ११:१४:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology