Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

सोमबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

२०, कार्तिक २०८०
सोमबार सुनको भाउ घट्यो, चाँदीको स्थिर
images

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ८५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १५ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १४ सय १५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १४ सय १५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - ११:२१:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology