काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । आज साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको भाउ तोलमा २०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १५ हजार ९०० रुपैयाँ पुगेको छ भने र १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउमा गत सोमबारदेखि लगातार गिरावट आएको थियो।
यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।