Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ ह्वात्तै घट्यो

सुनको भाउ ह्वात्तै घट्यो

दैनिकी न्यूज

१५, कार्तिक २०८०
सुनको भाउ ह्वात्तै घट्यो
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ । हिजो सुनको भाउ प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले घटेको हो । मंगलबार पनि सुनको भाउ पाँच सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक लाख १५ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३८५ रुपैयाँ भाउ कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १५, २०८० बुधवार - १०:५५:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology