Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

दैनिकी न्यूज

१४, कार्तिक २०८०
दोहोरो अंकले घट्यो सेयर बजार
images

काठमाडौं । सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १४।२९ अंकले घटेर १ हजार ८६४।४० विन्दुमा आइपुगेको हो।

नेप्से घटेसँगै कारोबार रकम सोमबारको तुलनामा घटेको छ। ५७ करोड १४ लाख ८३ हजार २७६ मूल्यको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन सोमबार ६९ करोड ४२ लाख २२ हजार २ सय १७ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।

सेन्सेटिभ इण्डेक्स २।३४ अंकले घटेर ३६०।७८ विन्दुमा झरेको हो। दिनभर २८६ स्क्रिप्टको २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच भए। १९३ स्क्रिप्टको मूल्य घट्दा ३८ को मात्रै बढ्यो। ७ स्क्रिप्टको मूल्य भने स्थिर रह्यो।

माहुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६।०५ प्रतिशतले बढ्यो। सोनापुर मिनिरल्सको सेयर मूल्य तेस्रो दिन पनि नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आइतबारदेखि कारोबारमा आएको यस कम्पनीको सेयर मूल्य आज ९।९८ प्रतिशतले घट्यो।

सबै समूहगत उपसूचक नकारात्मक रहे। लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १।४६ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा यसदिन सूर्य ज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो इन्स्योरेन्सको १ करोड ७० लाख ११ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए।

त्यस्तै,यसदिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेप्सेमा गिरावट आउँदा बजार पुँजीकरण २८ खर्ब ७१ अर्ब ९८ करोड ७८ लाख ९७ हजार ६४२ कायम भएको छ।

अघिल्लो कारोबार दिन सोमबार बजार पुँजीकरण २८ खर्ब ९४ करोड १ लाख ५४ हजार रुपैयाँ पुगेको थियो। 

images
प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १५:५३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology