Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

दैनिकी न्यूज

१४, कार्तिक २०८०
सुनको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १४:५८:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology