Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

३, कार्तिक २०८०
सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (शुक्रबार) सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । पछिल्ला दिनमा लगातार बढेको सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

बिहिबार प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १८ सय रुपैयाँले बढेर १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यो हालसम्म कै उच्च मूल्य हो ।

त्यस्तै तेजावी सुनको भाउ पनि आज तोलामा १८ सय रुपैयाँले बढेर १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९९ हजार २५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९८ हजार ५ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार२ सय रुपैयाँ कायम गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८० शुक्रवार - १४:१८:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology