काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको भाउ कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको हो।
गत शनिबार सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।