Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार घट्यो सुनको भाउ, चाँदीको स्थिर

आइतबार घट्यो सुनको भाउ, चाँदीको स्थिर

दैनिकी न्यूज

३, भाद्र २०८०
आइतबार घट्यो सुनको भाउ, चाँदीको स्थिर
images

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ भने २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - १४:३८:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology