Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार घट्यो सुनचाँदीको भाउ

बिहीबार घट्यो सुनचाँदीको भाउ

दैनिकी न्यूज

१८, श्रावण २०८०
बिहीबार घट्यो सुनचाँदीको भाउ
images

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :श्रावण १८, २०८० बिहिवार - १२:५०:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology