Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुनचाँदीको भाउ बढ्यो

बुधबार सुनचाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

१०, श्रावण २०८०
बुधबार सुनचाँदीको भाउ बढ्यो
images

काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।

 

images
प्रकाशित मिति :श्रावण १०, २०८० बुधवार - ११:३०:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology