काठमाडौं । आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको भाउ पनि आज प्रतितोला १ हजार ७ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ३ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ४५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।