काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १२ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १२ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।