Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बोत्तल र जर्किनमा पेट्रोल बेच्नेलाई प्रहरीले कारबाही गर्ने

बोत्तल र जर्किनमा पेट्रोल बेच्नेलाई प्रहरीले कारबाही गर्ने

दैनिकी न्यूज

११, माघ २०७९
बोत्तल र जर्किनमा पेट्रोल बेच्नेलाई प्रहरीले कारबाही गर्ने
images

काठमाडौं । मानिसले शरीरमा पेट्रोलियम पद्धार्थ खन्याएर आगो लगाउने क्रम बढेपछि प्रहरीले बोत्तल र जर्किनमा पेट्रोल बेच्न प्रतिवन्ध लगाएको छ । काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई प्रहरीले बोत्तल र जर्किनमा पेट्रोल बेचेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जारी गरेको सूचनामा काठमाडौँमा सञ्चालित केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

त्यस्ता पेट्रोल पम्पहरुलाई प्रहरीले सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनी दिएको छ ।

असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी हुने र भौतिक क्षति हुने हुनाले सो विषय सुरक्षा संवेदनशीलतासँग जोडिएको प्रहरीले बताएको छ । पछिल्लो समय आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउने क्रम बढेको छ ।

images
प्रकाशित मिति :माघ ११, २०७९ बुधवार - ०९:०६:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology