काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। शुक्रबार तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले घटेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
तेजाबी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।