Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाल बैंकको लाभांश घोषणा

नेपाल बैंकको लाभांश घोषणा

दैनिकी न्यूज

१, पौष २०७९
नेपाल बैंकको लाभांश घोषणा
images

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट लाभांश घोषणा गरको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँको २ प्रतिशत बोनस शेयर र १० प्रतिशत (कर सहित) नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

images
प्रकाशित मिति :पौष १, २०७९ शुक्रवार - २०:०५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology