काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका छन्। नेकपा (एमाले) का उम्मेदवार कृष्ण कुमार राईलाई पराजित गर्दै चालिसे विजयी भएका हुन्।
चालिसेले १५ हजार १५८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमाले राईले ११ हजार १९६ मत ल्याए।
राष्ट्रिय स्वतन्त्र पार्टीको दुर्गाबिक्रम थापा क्षेत्रीले ५ हजार ८६५ मत ल्याएका छन्।
यस निर्वाचन क्षेत्रमा ५८ हजार ८८९ मतदाता रहेकोमा ६६.५५ प्रतिशत अर्थात ३९ हजार १९६ मत खसेको थियो । काठमाडौं–३ मा गोकर्णेश्वर नगरपालिकाकाका सबै वडा, काठमाडौं महानगरपालिकाको वडा नम्बर ६, कागेश्वर नगरपालिकाका वडा नम्बर १,२ र ३ पर्दछन् ।
यहाँ ८ स्वतन्त्र सहित २३ जना प्रतिनिधि सभा उम्मेदवार थिए ।