काठमाडौं । आज (बिहीबार) सुनको भाउ घटेको छ । बुधबार तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर तोलाको ९८ हजार रुपैयाँमा आइपुगेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै घटेर तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको छ ।