Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ ह्वात्तै बढ्यो

सुनको भाउ ह्वात्तै बढ्यो

दैनिकी न्यूज

२९, कार्तिक २०७९
सुनको भाउ ह्वात्तै बढ्यो
images

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ।

सोमबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनमको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। यो भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँ बढेको हो।

images
प्रकाशित मिति :कार्तिक २९, २०७९ मंगलवार - १२:२०:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology