काठमाडौं । आज (सोमबार) सुनको भाउ घटेको छ । आइतबार तोलाको ९७ हजा ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेर तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले नै घटेर तोलाको ९६ हजार ७ सय रुपैयाँमा आइपुगेको छ ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएको छ ।