काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा झरेको छ।
चाँदीको भाउ भने मंगलबार स्थिर देखिएको छ। चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। दिएको छ ।