काठमाडौं । आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार १ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।