काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको ११ सय ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले घटेर ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।