Logo

सोमवार, श्रावण २५ गते २०८३

images

८०० रुपैयाँले घट्यो सोमबार सुनको भाउ

८०० रुपैयाँले घट्यो सोमबार सुनको भाउ

दैनिकी न्यूज

२४, आश्विन २०७९
८०० रुपैयाँले घट्यो सोमबार सुनको भाउ
images

काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९५ हजार २०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९६ हजार रुपैयाँ र तेजाबी सुन ९५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय ३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ८५ रुपैयाँले बढेर चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :आश्विन २४, २०७९ सोमवार - ११:००:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology