काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो (बिहीबार) पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो।