Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बैंकहरूको निक्षेप/कर्जा दुवै बढ्यो

बैंकहरूको निक्षेप/कर्जा दुवै बढ्यो

दैनिकी न्यूज

२८, भाद्र २०७९
बैंकहरूको निक्षेप/कर्जा दुवै बढ्यो
images

काठमाडौं । बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार भदौको चौथो साता पनि निरन्तर देखिएको छ । निक्षेप आकर्षित गर्ने बैंकहरूको नयाँ योजना र चाडपर्वको प्रभावले सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ ।

नेपाल बैंकर्स संघका अनुसार भदौ चौथो साता ८ अर्ब रुफैयाँले निक्षेप बढ्दा कर्जा प्रवाह पनि ७ अर्ब रुफैयाँले वृद्धि भएको छ । भदौ १७ गतेसम्ममा वाणिज्य बैंकहरूमा कुल ४४ खर्ब ३७ अर्ब ४६ करोड रुफैयाँ निक्षेप रहेकोमा भदौ २४ हुँदा ४४ खर्ब ४४ अर्ब ९७ करोड रुफैयाँ पुगेको छ । भदौमा पहिलो साता निक्षेप घटे पनि त्यसयता भने लगातार बढिरहेको छ । भदौभरमा बैंकमा १२ अर्ब रुफैयाँ निक्षेप थपिएको छ ।

बैंकहरूको निक्षेप बढ्नुको कारण चाडपर्वको सिजन र बैंकहरूको नयाँनयाँ निक्षेप योजनालाई मानिएको छ । पछिल्लो समय बैंकहरूले शुरू निक्षेपको १० गुणासम्म दिने गरी २१ वर्ष अवधिसम्ममा मुद्दती योजना सार्वजनिक गरेका छन् । यसैगरी नेपालीहरूको ठूलो पर्व दशैं नजीक आएकाले रेमिट्यान्स आप्रवाह सकारात्मक भएको र आन्तरिक बजारमा पनि चहलपहल बढ्न थालेकाले निक्षेप वृद्धि भएको बैंकरहरू बताउँछन् ।

निक्षेप वृद्धिसँगै बैंकहरूले कर्जा प्रवाह पनि बढाउन थालेका छन् । भदौ १७ गते बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ८१ अर्ब २२ करोड रहेकोमा भदौ २४ गतेसम्ममा ४१ खर्ब ८८ अर्ब ८ करोड रुफैयाँ पुगेको संघले जनाएको छ । भदौमा बैंकहरूको कर्जा प्रवाह १२ अर्ब रुफैयाँले बढेको छ ।

बैंकहरूको कर्जारनिक्षेप बढेसँगै कर्जा–निक्षेप (सीडी) अनुपातमा पनि सुधार आएको छ । संघका अनुसार भदौ २४ गते वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ८८ दशमलव ३६ प्रतिशत कायम भएको छ । यसअघि सीडी रेसियो भदौ १७ गते ८८ दशमलव २५ र १० गते ८८ दशमलव ४२ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले सीडी रेसियो ९० प्रतिशतभित्र कायम गर्नुपर्छ । उक्त अनुपात कायम गर्न नसक्ने बैंकहरूलाई बढी भएको रकममा हर्जाना लगाउने व्यवस्था छ । यो खबर आजको आर्थिक अभियानमा छापिएको छ ।

images
प्रकाशित मिति :भाद्र २८, २०७९ मंगलवार - ०६:३१:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology