काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९५ हजार रुपैयाँ झरेको छ।
हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९५ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी ११ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।