काठमाडौं । सोमबार सुनचाँदी भाउ घटेको छ । निरन्तर दुई दिन बढेको सुनको भाउ सोमबार भने घटेको हो । आज सुन तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९७ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९६ हजार ९०० रुपैयाँमा झरेको छ ।
आइतबार भने सुन तोलामा ५०० रुपैयाँले महंगिएको थियो । हिजो सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ पुगेको थियो ।
आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन भने चाँदी तोलामा २५ रुपैयाँले उकालो लाग्दा प्रतितोला १२ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।