Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२५, श्रावण २०७९
आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार १ सय रुपैयाँ पुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सयले नै बढेर तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार २५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ८२ हजार ८२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

images
प्रकाशित मिति :श्रावण २५, २०७९ बुधवार - १३:४३:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology