Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घट्यो सुनचाँदीको भाउ, कतिमा कारोबार हुँदैछ ?

घट्यो सुनचाँदीको भाउ, कतिमा कारोबार हुँदैछ ?

दैनिकी न्यूज

१६, श्रावण २०७९
घट्यो सुनचाँदीको भाउ, कतिमा कारोबार हुँदैछ ?
images

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९५ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २३० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - १२:१८:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology