Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

२९, आषाढ २०७९
सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको भाउ प्रतितोला रु २०० ले घटेर ९४ हजार ३०० रुपैयाँमा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको भाउ प्रतितोला रु ९३ हजार ८०० छ । यसको भाउ अघिल्लो दिन प्रतितोला रु ९४ हजार थियो ।

त्यस्तै आज चाँदीको भाउ अघिल्लो कारोबार भाउका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - १२:४६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology