Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शुक्रबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

शुक्रबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

दैनिकी न्यूज

२४, आषाढ २०७९
शुक्रबार सुनको भाउ स्थिर, चाँदीको घट्यो
images

काठमडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९४ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँमा कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - ११:१८:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology