Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आइतबार घट्यो सुनको भाउ

आइतबार घट्यो सुनको भाउ

दैनिकी न्यूज

५, आषाढ २०७९
आइतबार घट्यो सुनको भाउ
images

काठमाडौं । अघिल्लो शुक्रबारको तुलनामा आज (आइतबार) सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि आज तोलामा ३०० रुपैयाँले नै घट्दै ९७ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको भाउ भने गत शुक्रबारको भाउमा प्रतितोला १० रुपैयाँले घट्दै १२ सय ६५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - १०:५९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology