काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँमा आइपुगेको छ।
त्यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ६ सय रुपैयाँमा झरेको हो।
महासंघका अनुसार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको छ।
चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।